एप्पल वल्र्डले पुराना मोबाइल साट्ने, साथमा ५० प्रतिशत छुट

क्लाउडपत्रिका

काठमाडौं । दरबारमार्गमा रहेको एप्पल वल्र्ड मोबाइलले पुरानो मोबाइलसँग नयाँ साट्ने अफर शुरु गरेको छ । साथमा ५० प्रतिशतसम्म छुटको ब्यवस्था पनि गरिएको छ । नयाँवर्षको उपलक्ष्यमा एक सातासम्मका लागि एक्सचेञ्ज अफर शुरु गरेको एप्पल वल्र्ड मोबाइलले दशैं तिहारमा सञ्चालन गरेको उपहार कार्यक्रमका बिजेतालाई उपहार समेत हस्तान्तरण गरेको छ ।

कम्पनीले नयाँ बर्ष २०७५ को अवसरमा मोबाइल एक्सचेञ्ज अफर संचालनमा ल्याएको हो । बैशाख १ गतेदेखि ८गतेसम्म सञ्चालनहुने नयाँ बर्षमा नयाँ मोबाइल अफर अन्तर्गत पुरानो मोबाइलको सट्टा नयाँ मोबाइल प्रदान गरिने एप्पल वल्र्डका प्रबन्धनिर्देशक अलाइभ ग्लाइडरले बताए ।

उक्त अफर अन्तर्गत जुनसुकै ब्राण्डका पुराना स्मार्टफोन सँगनयाँ स्मार्टफोन सट्टा–पट्टागर्न सकिनेछ । पुरानो फोनको उचित मूल्य लिएर साट्न पाइनुका साथै मोबाइल खरीद तथा मर्मतमा समेत ५० प्रतिशत छुटको अफर राखिएको कम्पनीका निर्देशक संगम राइले जानकारी दिए ।
एकै छानामुनी विश्वबजारमा पाइने २५ भन्दाधेरै ब्राण्डका मोबाइल उपलब्ध गराउँदै आएको एप्पल वल्र्डले डेढ दर्जन ब्राण्डका मोबाइलको टच एण्ड फिल सहितको काउन्टर राखेको छ । यहाँ ६० मिनेटमा जुनसुकै मोबाइलको मर्मत हुन्छ ।

यसै बिच एप्पल वल्र्ड मोबाइलका साथै केएल मोबाइल हब चाबहिल, सिटिसी मलमा रहेको द वल्र्ड भिजन, ताम्राकार कम्प्लेक्स न्युरोडमा रहेको सिटिभि मोबाइलमा सञ्चालन गरिएको दशैं दशैं तिहार उपहार योजनाका विजेतालाई उपहार हस्तान्तरण गरिएको छ ।

योजनाको पहिलो उपहार यमाहा मोटरसाइकल नबिन श्रेष्ठले हात पारेका छन् । सफल न्यौपानेले दोस्रो उपहार आइफोन ८, सुरज महर्जनले तेस्रो उपहार अन्तर्गत मलेसिया तथा सिंगापुर ट्रिप हात पारेका छन् ।

त्यस्तै चौथो उपहार पाउने शिक्षा लामाले भिभो मोबाइल, पाँचौ उपहार विजेता एन्जी शेर्पाले जिटी एस सिक्स मोबाइल तथा छैटौं उपहार पाउने रामेश्वर उप्रेतीले लेनेभोको मोबाइल प्राप्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here