काठमाडौं, २६ साउन । यूनियन लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आज ११ः२५ मिनेट जादाँ इन्स्योरेन्सको शेयर मूल्य ९.९८ प्रतिशत बढेसंगै पोजेटिभ सर्किट लागेको हो ।
पोजेटिभ सर्किट लागेसंगै इन्स्योरेन्सको शेयर मूल्य प्रतिकित्ता ५८.३० रुपैयाँ बढेर ६४२.२० रुपैयाँ पुगेको छ ।
अघिल्लो सोमबारबाट कारोबारमा आएको युनियन लाइफको पहिलो कारोबार ३४२ रुपैयाँमा सुरु भएको थियो ।