जीवन विकास लघुवित्तको शेयर मूल्यमा पोजेटिभ सर्किट, कति पुग्यो प्रतिकित्ता ?

काठमाडौं, २७ साउन । जीवन विकास लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

बुधबार लघुवित्तको शेयर मूल्य १० प्रतिशत बढेसंगै कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । सर्किट लागेसंगै लघुवित्तको शेयर मूल्य प्रतिकित्ता २००.४० रुपैयाँले बढेर २२०५ रुपेयाँमा पुगेको छ ।

लघुवित्तको शेयर कारोबार गत बिहीबारबाट सुरु भएको थियो । लघुवित्तले पहिलो कारोबार प्रतिकित्ता ९१४ रुपैयाँमा सूरु गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here