प्रतितोला ६०० रुपैयाँ बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २८ साउन । बिहीबार सुनको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ बढेको हो ।

बुधबार प्रतितोला ८८ हजार ८०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज ६०० रुपैयाँ बढेर प्रतितोला ८९ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मुल्य पनि बढेर प्रतितोला ८८ हजार ९५० रुपैयाँ कायम भएको छ ।

बिहीबार चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएन । आज चाँदीको कारोबार मूल्य प्रतितोला ११९० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here