यूनियन लाइफको शेयर मूल्यमा लगातार नवौं दिन पोजेटिभ सर्किट

काठमाडौं, २८ साउन । यूनियन लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आज ११ः३० मिनेट जादाँ इन्स्योरेन्सको शेयर मूल्य ९.९ प्रतिशत बढेसंगै पोजेटिभ सर्किट लागेको हो ।

पोजेटिभ सर्किट लागेसंगै इन्स्योरेन्सको शेयर मूल्य प्रतिकित्ता ७०.६० रुपैयाँ बढेर ७७७ रुपैयाँ पुगेको छ ।

युनियन लाइफको शेयर कारोबार अघिल्लो सोमबारबाट सुरु भएको थियो । कारोबार सुरु भएसंगै पोजेटिभ सर्किट लागेको कम्पनीको शेयर मूल्य आज नवौं दिनमा पनि पोजेटिभ सर्किट लागेको हो ।

युनियन लाइफको पहिलो कारोबार ३४२ रुपैयाँमा सुरु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here