प्रतितोला ३०० रुपैयाँ बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २९ साउन । शुक्रबार सुनको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ बढेको हो ।

बिहीबार प्रतितोला ८९ हजार ४०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज ३०० रुपैयाँ बढेर प्रतितोला ८९ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मुल्य पनि बढेर प्रतितोला ८९ हजार २५० रुपैयाँ कायम भएको छ ।

शुक्रबार चाँदीको मूल्य भने घट्यो । आज चाँदीको मूल्य ५ रुपैयाँ घटेर प्रतितोला ११८५ रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here