टेलिकमको एफटीटीएच सेवा ५४ जिल्लामा, ४ महिनामा ६४ हजार ग्राहक थपिए

काठमाडौं, २९ साउन । नेपाल टेलिकमले एउटै फाइबरबाट टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध गराउन सकिने एफटीटीएच (फाइबर टु द होम) सेवा ५४ जिल्लामा पुगेको छ ।

टेलिकमले साउन २८ गते देखि ५४ जिल्लाका कुल एक लाख ७२ हजार भन्दा बढी ग्राहकलाई यो सेवा वितरण गरिसकेको जनाएको हो ।

२०७५ सालमा एक हजार ७३८ ग्राहकलाई मात्र यो सेवा उपलब्ध भएकोमा २०७६ मा ३० हजार ८७९, २०७७ मा एक लाख सात हजार ७०१ ग्राहकलाई यो सेवा उपलब्ध गराएको टेलिकमका प्रवक्ता राजेश जोशीद्धारा जारी विज्ञिप्तमा जनाइएको छ ।

यसैगरी २०७८ बैशाख, जेठ, असार र साउनमा ६४ हजार २९९ नयाँ लाइन वितरण गरी हाल एक लाख ७२ हजार ग्राहकमा वितरण गरेको विज्ञिप्तमा जनाइएको छ ।

नेपाल टेलिकमले एफटीटीएच सेवा अन्तर्गत मुख्यतः भ्वाइस र डाटा सेवा मात्र उपलब्ध गराइरहेकोमा गत २०७७ पुस १७ देखि एनटी टिभी ब्रान्डमा आईपी टिभी सेवा समेत उपलब्ध गराउदै आएको जनाएको छ ।

प्रारम्भमा काठमाडौं उपत्यका र बनेपामा मात्र उपलब्ध गराइएको एनटी टिभी सेवा हाल भरतपुर, हेटौंडा, लाहान, टाँडी, धुलिखेल, नगरकोट, पोखरा, सौराहा, बुटबल, बर्दघाट, बागलुङ्ग, तौलिहवा, सन्धिखर्क, भैरहवा, पाल्पा, सिसुवा, तम्घास, दमौली, धादिङ, परासी, मंगलापुर र सिराहालगायत स्थानमा पनि विस्तार भइसकेको छ ।

उच्च गतिको भरपर्दो इन्टरनेट सेवाका लागि उपयोग भइरहेको एफटीटीएच सेवाले भ्वाइस टेलिफोनका लागि तामाको तारको विकल्पको रुपमा फाइबर उपलब्ध गरेको छ भने सोही फाइबरबाट टेलिभिजन सेवा पनि उपलब्ध भए पश्चात ट्रिपल प्लेको अवधारणा कार्यान्वयन ल्याएको टेलिकमले जनाएको छ । चालु आर्थिक वर्षमा ६५ जिल्लामा एफटीटीएच सेवाको विस्तार लक्ष्य टेलिकमले राखेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here