‘सांग्रिला डेभलपमेन्ट बैंक’ र ‘खल्ती’ बीच डिजिटल भुक्तानीकाे सम्झौता

काठमाडौं, ५ असार । सांग्रिला डेभलपमेन्ट बैंक र खल्ती डिजिटल वालेट बीच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र खल्तीका तर्फबाट निर्देशक ध्रुब अधिकारीले बिहिबार उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

यस सम्झौताअनुसार अब सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरुले उक्त बैंकको मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी‘खल्ती’मा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्नेछन् ।

साथै, असार मसान्तभित्र बैंकका हाल संचालनमा रहेका ८५ वटै शाखाहरुका काउन्टरबाट डिपोजिट फर्म भरेर खल्तीमा पैसा लोड गर्न सकिनेछ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

सम्झौताको बारेमा बोल्दै सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले भने, ‘खल्ती वालेटसँग सहकार्य गरी हाम्रा ग्राहकहरु माझ खल्तीको सजिलो मोबाईल भुक्तानी सेवा उपलब्ध गराउन पाउँदाअत्यन्तै उत्साहितभएका छौँ ।’

त्यसै गरी खल्तीका निर्देशक ध्रुब अधिकारीले भने, ‘हामी सांग्रिला डेभलपमेन्ट बैंकसँग यो सम्झौतागर्न पाउँदा उत्साहित छौँ । अब सांग्रिला डेभलपमेन्टका ग्राहकहरुले बैंकबाट नगदझिकिराख्ने झन्झट गर्नुपर्दैन । उनीहरुले बैंकबाट सिधै ‘खल्ती’मा पैसा लोड गरी वस्तु तथा सेवाको भुक्तानी गर्न सक्नेछन् ।’

नेपाली बजारमा सन २०१७, जनावरी २६ बाट आरम्भ भएको खल्ती, एक उदयमान पेमेन्ट गेटवे हो । खल्तीको मोबाईल एप तथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, बिमा शुल्क भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, होटेल रुम बुकिङ आदिगर्ने, इ–कमर्स मार्फत किनिएको सामानको भुक्तानी जस्ता अन्यथुप्रै सेवाहरु लिन सकिन्छ ।

हालखल्तीप्रयोगकर्ताहरुको संख्या ८ लाखभन्दा बढि रहेको कम्पनीले दाबी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here