पाँचौँ पटक सारियो कांग्रेस महाधिवेशनको मिति, अब मंसिरमा हुने

काठमाडौं, ३० साउन । नेपाली कांग्रेस महाधिवेशनको मिति फेरि सरेको छ । कांग्रेसको १४औँ केन्द्रीय महाधिवेशनको मिति पाँचौं पटक सारिएको हो ।

प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय समितिको बैठकले भदौको मिति सारेर मंसिर ९ गतेको लागि सारेको हो । अब मंसिर ९ गतेदेखि १३ गतेसम्म महाधिवेशन काडमाडौँमा हुनेछ।

यसअघि भदौ १६ गतेदेखि १९ गतेसम्म महाधिवेशन गर्ने निर्णय भएको थियो। बैठकले क्रियाशील सदस्यको अन्तिम नामावली भदौ २ गतेभित्र बुझाइसक्ने र असोज १८ गते वडा अधिवेशन गर्ने निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here