प्रतितोला एक हजार रुपैयाँ बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ३१ साउन । आइतबार सुनको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला १००० रुपैयाँ बढेको हो ।

शुक्रबार प्रतितोला ८९ हजार ७०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज १००० रुपैयाँ बढेर प्रतितोला ९० हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मुल्य पनि बढेर प्रतितोला ९० हजार २५० रुपैयाँ कायम भएको छ ।

आइतबार चाँदीको मूल्य पनि बढ्यो । आज चाँदीको मूल्य २० रुपैयाँ बढेर प्रतितोला १२०५ रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here