कारोबार रकमले रेकर्ड बनाउँदा यी हुन् लगानीकर्ताको रोजाइमा परेका ५ कम्पनी

काठमाडौं, ३१ साउन । शेयर बजारमा तीव्र उतरचढाव आएको छ । राष्ट बैंकले शेयर बजारलाई प्रत्यक्ष असर पर्ने शेयर धितो कर्जाको मूल्यांकनमा कुनै फेरबदल नगरे पनि कर्जाको सीमा तोक्दा ठूला खेलाडी असर पर्ने भएपछि तीव्र उतरचढाव आएको हो ।

दिनभर उतरचढाव आएको बजारमा कारोबार रकमले भने नयाँ रेकर्ड बनाएको छ । आज एकैदिन साढे २१ अर्ब बढीको कारोबार हुँदै सर्वाधिक कारोबारको रेकर्ड बनेको छ । यो नेपाली शेयर बजारमा इतिहासमै एकैदिन भएको सर्वाधिक कारोबार हो ।

यसअघि गत जेठ ३१ गते सर्वाधिक १९ अर्ब ७० करोडको कारोबार भएको थियो । आज शेयर बजार मापक सूचक नेप्से २४.५७ अंकले घटेर ३१५४.०८ विन्दुमा आइपुगेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२२ कम्पनीको २१ अर्ब ६४ करोड ७६ लाख ६५५ रुपैयाँ बराबरको ३ करोड ५५ लाख ५० हजार ६८८ कित्ता शेयर किनबेच भएका छन् ।

नयाँ रेकर्ड बनाएको दिन नेपाल बैंकको सर्वाधिक कारोबार भएको छ । नेपाल बैंकको १ अर्ब ५ करोड ४६ लाख ७८ हजार ८१५ रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ ।

कोरोबारको दोस्रो नम्बरमा हिमालयन डिस्टीलरीको शेयर परेको छ । हिमालयन डिस्टीलरीको ७९ करोड २५ लाख ४२ हजार ८३१ रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ ।

अपी पावरको शेयर तेस्रो स्थानमा रहेको छ । अपीको ७० करोड २७ लाख १८ हजार ६८४ रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ ।

चौथो नम्बरमा रिडी हाइड्रोपावरको शेयर परेको छ । रिडीको ५९ करोड ४७ लाख ४५ हजार ५९९ रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ ।

पाँचौं नम्बरमा अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर रहेको छ । अरुणको ५७ करोड ६० लाख ६७ हजार ४०३ रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here