रोयल इन्फिल्ड : ‘न्यु जेनेरेशन क्लासिक ३५०’ सार्वजनिक हुँदै, कति पर्ला मूल्य ?

काठमाडौं । रोयल इन्फिल्डको बहुप्रतिक्षित मोटरसाइलक ‘न्यु जेनेरेशन क्लासीक ३५०’ सार्वजनिक हुने भएको छ । भारतीय बजारमा उत्तल मोटरसाइकलयही अगष्ट २७ तारिखमा सार्वजनिक हुने बताईएको छ ।

अहिलसम्म कम्पनीले आधिकारिक रुपमा घोषणा नगरेतापनि विभिन्न भारतीय मिडियाले अगष्ट २७ मा न्यु जेनेरेशन क्लासीक ३५० सार्वजसनिक हुने बताएका छन् ।

यसअघि विभिन्न चरणमा परिक्षणको क्रममा उक्त मोटरसाइकल देखिएको छ । कम्पनीले क्लासीक ३५० लाई ‘जे’ प्लेटफर्ममा निर्माण गरेको छ । यस अघि कम्पनीले मेटोर ३५० लाई जे प्लेटफमर्मा बजारमा ल्याएको थियो ।

यस्तो छ विशेषता ?

क्लासीक ३५० न्यु जेनेरेशनको बारेमा यस अघि धेरै नै जानकारी बाहिर आइसकेको छ । यसमा ३४९ सीसी सिंगल सिलिन्डर इन्जिन रहेको छ । यो इन्जिनले २० हर्सपावर तथा २८ एनएम टर्क जेनेरेट गर्छ ।

न्यु जेनेरेशन क्लासीक ३५० मा अल न्यु इन्स्टुमेन्ट क्लस्टर दिइएको छ । यसमा डिजिटल डिस्प्ले र एनालक स्पीडोमिटर उपलब्ध रहेको छ । यसका साथै यसमा ट्रिपर नेभिगेशन सिस्टरसमेत दिइएको छ ।

मूल्य कति ?

यसलाई कम्पनीले विभिन्न भेरियन्टमा बजारमा उर्ताने अनुमान गरिएको छ । भारतिय बजारमा यसको मूल्य १ लाख ९० हजार भारतीय रुपैयाँदेखी २ लाखसम्म हुने अनुमान गरिएको छ । नबभारत डटकमबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here