सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ३२ साउन । सोमबार सुनचाँदीको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला १०० रुपैयाँ घटेको हो ।

आइतबार प्रतितोला ९० हजार ७०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज १०० रुपैयाँ घटेर प्रतितोला ९० हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मुल्य पनि घटेर प्रतितोला ९० हजार १०० रुपैयाँ कायम भएको छ ।

सोमबार चाँदीको मूल्य पनि घट्यो । आज चाँदीको मूल्य ५ रुपैयाँ घटेर प्रतितोला १२०० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here