अनुमति नलिएका संस्थालाई वित्तीय कारोबार नगर्न निर्देशन

काठमाडौं ६, असार । बैंक तथा वित्तीय संस्थाबाहेक अरूले बैंकिङ तथा वित्तीय कारोबार नगर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । अनुमति नलिएका केही गैरवित्तीय संस्थाले बजारमा कर्जा सापटी कारोबार गरेको भेटिएपछि राष्ट्र बैंकले उक्त निर्देशन दिएको हो ।

ती संस्थाले सस्तो ब्याजदरमा ऋण दिने भन्दै प्रचारप्रसार गर्न थालेपछि राष्ट्र बैंकले शुक्रबार सूचना जारी गर्दै निर्देशन दिएको हो ।

केही संस्थाले विज्ञापन गरी क्यासिनो, होटल, रिसोर्ट, अस्पताल, स्कुल, कलेज आदिका लागि सस्तो ब्याजदरमा आवधिक ऋण (टर्म लोन) प्रवाह गरिने बताएका थिए ।

‘बैंक तथा वित्तीय संस्थाबाहेक अन्य कसैले बैंकिङ तथा वित्तीय कारोबार गर्न नपाउने कानुनी व्यवस्थाभएको हुँदा उक्त कार्य नगर्न/ नगराउन सम्बन्धित पक्षलाई जानकारी गराइन्छ,’ सूचनामा उल्लेख छ ।

त्यस्तो कारोबार गर्ने संस्थालाई कानून बमोजिम कारबाही गरिने पनि राष्ट्र बैंकले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here