नक्कली डीएसपी पक्राउ

काठमाडौं, ६ असार । नक्कली डीएसपी (डेपुटी सुपरिटेण्डेण्ट अफ पुलिस) बनेर सर्वसाधारणलाई ठग्ने भोला गौतमलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ ।

गौतमले नेपाल प्रहरीको डीएसपीको युनिफर्म लगाएको फोटो मोबाइलमा राखी विभिन्न व्यक्तिलाई देखाइ नारायण गौतमको नाममा धाकधम्की दिंदै आएका थिए । हालै मात्र उनले विकास वस्नेत र सुजन प्रसाईंलाई सार्वजनिक स्थानमा हातपात र लछारपछार गरेका थिए ।

काभ्रे धुनीशिवालयका उनलाई प्रहरीले काठमाडौंको वौद्ध, नयाँवस्तीबाट बिहीबार पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here