चार्टर्ड जहाजमा अफगानिस्तानबाट १२७ जना नेपाली काठमाडौं आइपुगे

काठमाडौं, १ भदौं । अफगानिस्तानबाट एक सय २७ जना नेपाली काठमाडौं आइपुगेका छन्।

जजिरा एअरमार्फत उनीहरू मंगलवार बिहान साढे १० बजे त्रिभुवन विमानस्थलमा उत्रिएका हुन् । तीमध्ये १२६ जना पुरूष र एक जना महिला छन्।

काबुलस्थित अमेरिकी दूतावासमा कार्यरत नेपालीलाई अमेरिकाले चार्टर्ड जहाजमा काठमाडौं पठाएको हो।

उनीहरूको स्वागत गर्न काठमाडौंस्थित अमेरिकी दूतावासका कमर्चारी विमानस्थल पुगेका थिए। काबुलमा तालिबानले कब्जा गरेपछि अफगानिस्तानबाट नेपाल फर्केको यो पहिलो टोली हो । ​

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here