लामो यात्रामा मोटरसाइकल चलाउँदा ध्यान दिनैपर्ने कुरा

काठमाडौं । मोटरसाइकल यात्रालाई जति रोमाञ्चक मानिन्छ, दुर्घटनाको दृष्टिकोणले त्यति नै जोखिमपूर्ण पनि । पछिल्लो समय नेपालमा मोटरसाइकल प्रयोगकर्ताको संख्या दिनानुदिन बढ्दै गएको छ ।

सवारी साधन चलाउँदा स–सानो कुरामा ध्यान नदिँदा दुर्घटना निम्तिन सक्छ । आफ्नो सवारी लिएर लामो यात्रामा निस्कनेहरुका लागि एकै पटक लामो यात्रामा निस्किँदा समस्या हुन सक्छ । त्यसैले सावधानीपूर्वक सवारी साधन चलाउनु जरुरी हुन्छ । मोटरसाइकल चलाउँदा सानासाना कुराहरुमा ध्यान दिनुभयो भने दुर्घटबाट बच्न सकिन्छ ।

१. ध्यान एकीकृत गर्नुस्

मोटरसाइकल चलाइरहेको समय तपाईंको आँखा जहाँ पर्छ, स्वभाविकरुपमा तपाईंको ध्यान त्यहीँ पुग्छ । त्यसैले ती साधन चलाउँदा ध्यान केन्द्रित गर्नुपर्छ । मोटरसाइकल चलाउँद एकैछिन त हो वा १०/२० सेकेन्डमा कुरा सकिहाल्छु भनेर मोबाइलमा कुरा गर्ने, म्यासेज गर्ने लगायत काम काम गर्दा दुर्घटना निम्तिने सम्भावना धेरै हुन्छ ।

२. ऐना मिलाउनुस्

मोटरसाइकल चलाउनुपूर्व आफ्नो बसाइ र पोजिसन अनुसारको दुवै ऐना मिलाउनुपर्छ । जसले सडकमा मोटरसाकल लिएर हिँड्दा तपाईंलाई बाटोको अवस्था जान्न सहयोग पुग्छ ।

३. लाइट बाल्नुस्

अहिले आएका सवारी साधन डेटाइम रनिङ लाइट (डिआरएल) सहित आउने गरेको छ । यो लाइटले सिधै इन्जिनसँग जोडिएको हुनाले इन्जिन स्टार्ट हुने बित्तिकै बत्ति बल्छ र इन्जिन अफ गरेपछि स्वतः निभ्छ ।

४. सडक बत्तिमा ध्यान दिनुस्

सडकमा सवारी साधन लिएर हिँड्दा मानिसहरु हतारमा देखिने गरेका छन् । त्यसरी हिँड्दा कुन लाइट बलिरहेको छ भन्ने यादसमेत नहुन सक्छ । जसले दुर्घटना बढ्ने सम्भावना अधिक हुन्छ । साथै सडक बत्ति भएको ठाउँमा याद नगरी सवारी चलाउँदा जरिवानासमेत तिर्नुपर्ने हुन्छ । तर हाम्रो देशमा काठमाडौं बाहेक अन्यत्र लाइट जडान भएको छैन ।

५. स्पिड

प्रायः नयाँ पुस्ताका चालकले प्रतिस्पर्धा गरेरै मोटरसाइकल हाँक्ने गर्छन् । अत्याधिक गतिका कारण मोटरसाइकल नियन्त्रण बाहिर गई दुर्घटना हुनसक्छ । त्यसैले मोटरसाइकल चलाउँदा सडकको अवस्था र नियम अनुरुप आफ्नो मोटरसाइकलको स्पिड कायम गर्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here