सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २ भदौ । बुधबार सुनको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ बढेको हो ।

मंगलबार प्रतितोला ९१ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य आज २०० रुपैयाँ बढेर प्रतितोला ९१ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मुल्य पनि बढेर प्रतितोला ९० हजार ७०० रुपैयाँ कायम भएको छ ।

बुधबार चाँदीको मूल्य भने घट्यो । आज चाँदीको मूल्य ५ रुपैयाँ घटेर प्रतितोला १२०५ रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here