जनकपुरमा टोयोटाको शोरूम, उद्घाटनकै दिन ७ वटा गाडी बिके

जनकपुर, ६ असार । टोयोटाको नेपालको लागि आधिकारिक बिक्रेता युनाईटेड ट्रेडर्स सिण्डिकेटले आफ्ना डिलरहरुलाई नेपालैभरी फैलाउने क्रममा जनकपुरमा पनि आफ्नो डिलर बिस्तार गरेको छ।

टोयोटाको डिलरको रूपमा खुलेको श्रेया अटोमोबाईल्सले कम्पनीका विभिन्न मोडलका गाडीहरू बेच्नेछ । शोरूमको बिहीबार उद्घाटन गरियो ।

भीओआईटिएचको शाखा,युनाईटेड ट्रेडर्स सिण्डिकेट टोयोटाको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता हो । नेपालका रोडहरुमा टोयोटाको प्रवेश भएको ५२ बर्ष भन्दा बढि भैसकेको छ।

विश्वभर आफ्नो गुणस्तर, क्षमता र आरामदायीताको लागी परिचित टोयोटाको नेपालमा पनि विशिष्ट पहिचान रहेको कम्पनीको दाबी छ । हो। आफ्ना डिलरहरुलाई नेपालैभरी फैलाउने र हरेक क्षेत्रका ग्राहकहरुमा पुग्ने क्रममा टोयोटाले डिलर बिस्तार गरेको बताइएको छ ।

श्रेया अटोमोबाल्सले हाल सम्म २५ वटा गाडी बिक्री पनि गरिसकेको छ । जनकपुर उध्योग बाणिज्य संग का अध्यक्ष ललित शाह का साथै युनाईटेड ट्रेडर्स सिण्डिकेटका वरिष्ठ निर्देशक कैलाश राजभण्डारी र महाप्रबन्धक महेश कुमारका साथै टोयोटा नेपालका अन्य पदाधिकारीहरुका बिचमा शोरूम उद्घाटन भयो ।

उद्घाटनको कार्यक्रम डिलरको लागि लाभदायी नै सावित भयो र सोही दिनमा ७ वटा टोयोटाका गाडीहरु बुकिङ्ग पनि भए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here