सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ४ भदौ । साताको अन्तिम कारोबार दिन सुनको मूल्य वृद्धि भएको छ । शुक्रबार नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको हो ।

अघिल्लो दिन ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बढेर ९१ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले आजका लागि तेजावी सुनको मूल्य ९० हजार ७ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन ९० हजार ३ सय रुपैयाँ कायम भई खरिदबिक्री भएको थियो ।

यस्तै, आज चाँदीको मूल्यमा पनि बढोत्तरी देखिएको छ । आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले वृद्धि भई ११ सय ९५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन ११ सय ८० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here