वित्तीय पहुँच बढ्यो, ६७.३४ प्रतिशत नेपालीको कम्तीमा एक निक्षेप खाता

काठमाडौं, ४ भदौं । नेपालमा वित्तीय पहुँच तीव्र गतिमा बढेको छ ।

राष्ट्र बैंकको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाको संख्यात्मक वृद्धि भएको र त्यसले शाखा विस्तार र वित्तीय प्रविधिको प्रयोग तीव्र गतिमा बढ्दा वित्तीय पहुँच विस्तार हुँदै गएको हो ।

२०७७ जेठ मसान्तसम्ममा तीन करोड १८ लाख ८६ हजार निक्षेप खाता र यसमध्ये नेपाली प्राकृतिक व्यक्तिको दुई करोड ९९ लाख २८ हजार ४३६ निक्षेप खाता रहेका छन् ।

बैंकहरुमा नागरिकले खाता खोल्दा पेश गर्ने तीन पुस्ते विवरणको आधारमा एक व्यक्तिको एकभन्दा बढी निक्षेप खाता र विदेशी नागरिकको निक्षेप खाता हटाउँदा ६७.३४ नागरिकको व्यक्तिगत बचत खाता कायम हुन आउने राष्ट्र बैंकले जनाएको छ।

यो २०७७ जेठ मसान्तसम्मको तथ्यांक हो। २०७६ असार मसान्तमा कम्तीमा एक निक्षेप खाता भएका नेपालीको संख्या ६०.९ प्रतिशत रहेको थियो ।

कुल निक्षेप खातामा प्राकृतिक व्यक्तिको खाताको हिस्सा ९३.४८ प्रतिशत पाइएको छ । प्रतिहजार व्यक्ति ९९८ खाता रहेकोमा पुरुषको प्रतिहजार व्यक्ति १,३१४ खाता र महिलाको प्रतिहजार व्यक्ति ६८७ खाता रहेका छन् ।

प्रदेशगत रूपमा सबैभन्दा बढी बाग्मती प्रदेशमा प्रतिहजार व्यक्ति १,८०२ र कर्णाली प्रदेशमा सबैभन्दा कम प्रतिहजार व्यक्ति ४५८ खाता रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here