इन्भेष्टमेन्ट बैंकले जेबिल्स फाइनान्स प्राप्ती गर्याे, चुक्ता पूँजी १२ अर्ब ८७ करोड

काठमाण्डौं, ६ असार । नेपाल इन्भेष्टमेण्ट बैंकले जेबिल्स फाईनान्सलाई प्राप्ति गर्ने भएको छ ।

बैंकले शुक्रबार विशेष साधारण सभा आयोजना गरी फाइनान्सलाई प्राप्ती गर्ने प्रस्ताव पारित गरेको हो ।

हाल नेपाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पूँजी १२ अर्ब ५९ करोड रहेको छ भने जेबिल्स फाईनान्सको चुक्ता पूँजी ८४ करोड रहेको छ ।

जेबिल्स फाईनान्सको रु. १०० को एक शेयर बराबर रु. ३३ प्रदान गर्ने प्रस्ताव पारित भए अनुसार अब जेबिल्स फाईनान्स प्राप्तिपछि एनआईबिएलको चुक्ता पूँजी १२ अर्ब ८७ करोड पुग्ने छ ।

यसैगरी जेबिल्स फाईनान्स गाभिएपछि बैंकको कुल निक्षेप १ खर्ब ४७ अर्ब रुपैयाँ पुग्ने छ भने कूलकर्जा १ खर्ब ३२ अर्ब पुग्ने बैंकले जानकारी दिएको छ ।

जेबिल्स फाईनान्सको प्राप्ति पछि पनि बैंकमा संस्थापक पक्षको स्वामित्व ६९ प्रतिशत र सर्वसाधारणको ३१ प्रतिशत नै रहनेछ ।

जेबिल्स फाईनान्स प्राप्ति पछि पनि एनआईबिएलको हालकै संचालक समिति तथा प्रमुख कार्यकारी अधिकृत कायम रहने छ ।

हाल बैंकको काठमाण्डौं उपत्यकाभित्र २३ तथा उपत्यका बाहिर ५७ वटा शाखा संचालनमा रहेका छन् , त्यस्तै ११२ एटिएम तथा १४ वटा एक्सटेन्सन काउन्टर, १० वटा राजश्व संकलन केन्द्र, ४९ वटा शाखारहित बैंकिङ सेवा समेत सञ्चालन गरीरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here