चीन शासित क्षेत्रबाट भारत जाँदै हुनुहुन्छ ? अब भिसा अनिवार्य

काठमाडौं, ७ असार । भारत सरकारले भारत प्रवेश गर्ने नेपालीमाथि क्रमशः कडाई गर्न थालेको छ । भारतले चीन, मकाउ, हङकङजस्ता चीन शासित क्षेत्रबाट भारत प्रवेश गर्ने नेपालीले अनिवार्य भारतीय भिसा लगाउनु पर्ने प्रावधान ल्याएको भारतस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

यसबाहेक पाकिस्तानबाट भारत प्रवेश गर्ने नेपालीले पनि अब भारतको भिसा लगाउनु पर्छ । नेपालबाट भारत प्रवेश गर्ने नेपालीलाई भिसा अनिवार्य नगरेपनि नयाँ दिल्ली स्थित इन्दिरा गान्धी इन्टरनेशनल एयरपोर्टमा पासपोर्ट अनिवार्य गरिएको छ ।

भारत हुँदै तेस्रो देश जान दूतावासको पत्र अनिवार्य

भारतको अध्यागमन हुँदै तेस्रो मुलुक जाने नेपालीले अब भारतीय अध्यागमनमा नेपाली दूतावासको सिफारिस पत्र बोक्नु पर्ने भएको छ ।

भारतबाट साउदी अरव, कतार, कुवेत, यूनाइटेड अरव इमिरेट्स, ओमन, बहराइन, इराक, लिविया र लेवनान जाँदा नेपाली नागरिकलाई अब भारतीय अध्यागमनले कडाई गरेको छ ।

नेपाली दूतावासको सिफारिस पत्र बीना उनीहरुलाई भारतले उडान अनुमति नदिने भएको दूतावासले उल्लेख गरेको छ ।

भारतहुँदै तेस्रो मुलुक जाने नागरिकले मनासीव कारणसहितका निवेदन दूतावासमा दिनुपर्ने छ ।

यात्रा गर्ने व्यक्तिको राहदानी र प्रतिलिपी, सम्बन्धित देशको भिसा र हवाई टिकट, श्रम स्वीकृति, अध्ययनमा जानेले त्यससम्बन्धी कागजात देखाएपछि मात्र दूतावासले सिफारिस पत्र दिने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here