कति पाउला मैलुङ खोला जलविद्युतले ओपन रेञ्ज ?

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीले पहिलो कारोबारको लागि नेप्सेबाट ९५.७५ देखि २८७.२५ रुपैयाँसम्म ओपन रेञ्ज पाउने देखिएको छ ।

कम्पनीको आ.व २०७६/७७ को वास्तविक नेटवर्थ रू. ९५.७५ रहेकाले र नेप्सेले नेटवर्थ तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने भएकाले उक्त मूल्य रेञ्ज पाउने देखिएको हो ।

कम्पनीले साउन १४ गतेदेखि १८ गतेसम्म ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये १४ हजार ७२६ कित्ता कर्मचारीहरुको लागि, ३६ हजार ८१४ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको ६ लाख ८४ हजार ७४६ कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गरेको हो ।

आईपीओको बाँडफाँट साउन २६ गते भएको हो । आईपीओमा कुल २० लाख ६७ हजार ९६७ जनाले आवेदन दिएका थिए । जसमध्ये २ हजार ८४३ जनाको आवेदन रद्ध भएको थियो ।

२० लाख ६५ हजार १२४ जनाको आवेदक मध्येबाट ६८ हजार ४७४ जनाले १० कित्ताका दरले शेयर पाएका छन् । जसमध्ये ५ जनाले भने थप १ कित्ता अर्थात् ११ कित्ता शेयर पाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here