चालु आवको आर्थिक वृद्धि दर ५.८९ प्रतिशत, बार्षिक आय १ लाख माथि

क्लाउडपत्रिका

काठमाडौं । नेपालको चालु आर्थिक बर्षको आर्थिक वृद्धिदर ५ दशमलव ८९ पुग्ने प्रक्षेपण गरिएको छ । केन्द्रिय तथ्यांक विभागले बुधबार नेपालको आर्थिक तथ्यांक सार्वजनिक गर्दै आर्थिक बृद्धिदर करिब ६ प्रतिशत पुग्ने प्रक्षेपण गरेको हो ।

यसअघि एसियाली विकास बैंकले नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ९ प्रतिशत पुग्ने अनुमान गरेको थियो । त्यस्तै विश्व बैंकले पनि केही समय अघि चालु आर्थिक बर्षमा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ६ प्रतिशत पुग्ने प्रक्षेपण गरेको थियो ।

विभागले चालु आवमा नेपालको अर्थतन्त्र सो अंकले बढेर ३० खर्ब ७ अर्ब २४ करोड रुपैयाँ पुग्ने अनुमान गरेको छ । यो बृद्धि गत आर्थिक बर्षको भन्दा ३ अर्ब ६४ अर्ब रुपैयाँ बढि हो ।

नेपालमा निर्माण कार्य बढेको तथा जलद्यिुत उत्पादनमा पनि बृद्धि भएकाले देशको कुल ग्राह्स्थ्य उत्पादन बढेको केन्द्रिय तथ्याङ्क विभागका महानिर्देशक सुमनराज अर्यालले जानकारी दिए । त्यस्तै नेपालीको प्रतिव्यक्ति आम्दानी पनि बढेर १ हजार ४ डलर पुगेको जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here