नेप्सेको वर्गीकरण: यी हुन् खराब समूहमा परेका ५ वाणिज्य र १४ विकास बैंक

काठमाडौं, ७ भदौं । नेपाल स्टक एक्चेन्ज (नेप्से) ले धितोपत्र कारोबारको लागि सूचीकृत कम्पनीहरुको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ ।

नेप्सेले धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम ११ बमोजिम सूचीकृत कम्पनीहरुको वर्गीकरण सार्वजनिक गरेको हो ।

नेप्सेले वर्गीकरणमा समावेश गरेका २२६ कम्पनीमध्ये २८ वटा कम्पनी ‘ए’, १२ वटा ‘बी’, २८ वटा ‘सी’ र १५७ वटा कम्पनी ‘जेड’ समूहमा परेका छन् । नेप्सले वर्गीकरणमा डिबेञ्चर र म्युचुअल फण्डलाई भने समावेश गरेको छैन ।

नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५, को विनियम ११ बमोजिम कम्पनीहरुको वर्गिकरण सूची सार्वजनिक गर्दै आएको छ। नेपाल धितोपत्र बोर्डले लागू गरेको नयाँ नियमावलीमा अनुसार कम्पनीहरुलाई ए, बी, जी र जेड गरी चार वर्गमा वर्गिकरण गरेको हो ।

वर्गिकरण अनुसार नेप्सेको ‘ए’ समूहमा कृषि विकास बैक, बैंक अफ काठमाण्डू, सिटिजन इन्टरनेशनल बैंक, सेञ्चुरी बैंक, एभरेष्ट बैंक ग्लोबल आइएमई बैंक, हिमालयन बैंक छन् ।

त्यस्तै कुमारी बैंक, लक्ष्मी बैंक, मेगा बैंक, नबिल बैंक, नेपाल बैंक, एनसीसी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल एसबीआई बैंक, एनआईसी एशिया बैंक, एनएमबि बैंक, प्राइम बैंक, सानिमा बैंक र सनराइज बैंक रहेका छन् ।

सार्वजनिक वर्गीकरण अनुसार खराब कम्पनीको समूहमा परेका वाणिज्यहरुमा सिभिल बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक स्टाण्डर्ड चार्टड्स बैंक परेको छ ।

त्यस्तै विकास बैकहरुको कर्पोरेट, एक्सल, गरिमा, ग्रिन, कर्णाली डेभलमेण्ट बैक, ज्योति विकास बैक, लुम्बिनी, मुक्तिनाथ,महालक्ष्मी, नारायणी, साहारा, सांग्रिला, सप्तकोशी र सिन्धु विकास बैक खराब समूहमा परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here