हाइड्रोका चार कम्पनीमा नेगेटिभ सर्किट

फाइलफोटो

काठमाडौं । साताको पहिलो कारोबार दिन आज हाइड्रो पावरका कम्पनीमा नेगेटिभ सर्किट लागेको छ । केही दिनयता पोजेटिभ सर्किट लाग्दै आएको जलविद्युतका चार कम्पनीको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो ।

मंगलबार ११ः४० बजेसम्म खानीखोला हाइड्रोपावर, आँखुखोला जलविद्युत, घलेम्दी हाइड्रो र जोशी हाइड्रोपावरको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । खानीखोला हाइड्रोपावर र आँखुखोला जलविद्युतको शेयर मूल्य १० प्रतिशत घट्यो भने घलेम्दी हाइड्रोको ९.९४ प्रतिशत र जोशी हाइड्रोपावरको शेयर मूल्य ९.९३ प्रतिशत घटेको छ ।

अहिलेसम्म नेप्से परिसूचक २.१९ अंकले बढेर ३१८३.०८ अंकमा पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here