माधव नेपालको साथ छाडेका नेताहरु ८ महिनापछि मूलधारमा फर्किए

काठमाडौं, ८ भदौ । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ ।

ललितपुरस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठान च्यासलमा सुरु भएको बैठकमा माधव नेपालबाट अलग्गिएका सबै नेताहरु सहभागी भएका छन् ।

फागुन २३ सम्म प्रचण्ड-माधव र त्यसपछि एमाले ब्युँतिएपछि पनि माधव नेपाललाई साथ दिएर समानान्तर पार्टी अभ्यासमा रहेका १० जना स्थायी कमिटी सदस्यहरू पहिलोपटक बैठकमा सहभागी भएका छन् ।

सोमबार अध्यक्ष केपी शर्मा ओलीसँग भएको सहमति अनुसार उपाध्यक्ष भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, अमृत बोहोरा, घनश्याम भुसाल, भीम आचार्य, योगेश भट्टराई, गोकर्ण विष्ट, सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्त लामो समयपछि एमाले बैठकमा सहभागी भएका हुन् ।

सोमबार बालकोटमा भएको अनौपचारिक बैठकमा अध्यक्ष ओली पार्टी कमिटीलाई २०७५ जेठ २ कै अवस्थामा माथिदेखि तलैसम्म ब्यूँताउन तयार भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here