सीपमूलक व्यवसाय गर्न मोटरबाटो नपुगेको जग्गा धितोमा बैंकबाट ऋण पाइने

कृषियोग्य जमीन । फाइल फोटो ।

काठमाडौं, ९ भदौ । एक करोडसम्मको कृषि, हस्तकला तथा सीपमूलक व्यवसाय एवं उद्यम गर्नेले आधार दरमा थप २ प्रतिशत प्रिमियम तिरेरै ऋण पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लागि एकीकृत निर्देशन जारी गर्दै उक्त व्यवस्था गरेको हो ।

केन्द्रीय बैंकले एकीकृत निर्देशनमा संशोधन गर्दै कसैले यो शीर्षकमा २० लाखसम्म ऋण लिन चाहेमा मोटर बाटो नपुगेको जग्गासमेत धितो राख्न सक्ने व्यवस्था गरेको हो ।

बैंकका प्रत्येक शाखाले उक्त कर्जाको निवेदन प्राप्त भएको ७ कार्य दिनभित्र स्वीकृत गर्नुपर्ने र स्वीकृत हुन नसक्ने भएमा सोको स्पष्ट कारणसमेत उल्लेख गरी सम्बन्धित ग्राहकलाई लिखित रूपमा जानकारी दिनुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।

यस्तै, केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाले आयात सम्बन्धी व्यवसायबाहेक अन्य उत्पादनमूलक व्यवसायका लागि १ करोडसम्म कर्जा प्रवाह गर्दा बेसरेटमा २ प्रतिशत मात्रै प्रिपियम लिन पाउने व्यवस्था गरेको छ ।

यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीको बैंकिङ प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप राखेमा न्यूनतम १ प्रतिशत बिन्दु थप गरी ब्याजदर प्रदान गर्न राष्ट्र बैंकले बैंकहरूलाई निर्देशन दिएको छ । यसैगरी ब्याजलाई ब्याजदर अन्तर गणना गर्दा छुट दिने राष्ट्र बैंंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here