आइपीओ निष्कासनको पाइपलाइनमा ४ लघुवित्त कम्पनी, कुनको कति कित्ता ?

काठमाडौं, १० भदौ । शेयर बजारमा पछिल्लो समय प्राथमिक साधरण सेयर (आइपीओ) को बाढी लागिरहेको छ ।

जसको फलस्वरुप शेयर बजारमा प्रवेश गर्ने मानिसको संख्या पनि बढ्दै छ । पछिल्लो तथ्यांक अनुसार डिम्याट खाता खोल्ने मानिसको संख्या मात्रै ४० लाखभन्दा धेरै पुगेका छन् ।

पछिल्लो समय जारी भएका आइपीओमा आवेखन दिने मानिसहरुको संख्याले हरेक नयाँ आइपीओमा नयाँ रेकर्ड बनाउदै आएका छन् । पछिल्लो समय आएको मानुषी लघुवित्तको शेयरमा २४ लाखभन्दा धेरैले आवेदन दिएका थिए ।

जलविद्युत् कम्पनी, बीमा कम्पनी र लघुवित्त कम्पनीले पूँजी वृद्धि गर्न धमाधम आइपीओ जारी गरिरहेका छन् । प्राय सबै कम्पनीको आइपीओमा समान रुपमा आवेदन पर्ने भएपनि पछिल्लो समय लघुवित्तको शेयर भने दोस्रो बजारमा पनि उत्तिकै माग रहने गरेको छ ।

लघुवित्तका शेयर मूल्य कम्तीमा २००० रुपैयाँ प्रतिकित्तासम्म पुगेको कारण पनि लघुवित्तका शेयरमा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ । त्यसमा पनि महिला लघुवित्त र जीवन विकास लघुवित्तको शेयर मूल्य प्रतिकित्ता ५ हजारभन्दा धेरै पुगेको कारण पनि लघुवित्तको शेयरमा सर्वसाधारणको आर्कषण बढेको छ ।

धितोपत्र बोर्डका अनुसार हाल करिब डेढ दर्जन कम्पनीहरु आइपीओ जारी गर्न अनुमति माग्दै आवेदन दिएर पाइपलाइनमा बसेका छन् । त्यसमा ४ वटा लघुवित्त कम्पनी रहेका छन् । बोर्डका अनुसार कुल चार लघुवित्तले २४ लाख ६७ हजार कित्ता आइपीओ निष्कासनको लागि अनुमति मागेका छन् ।

नेस्डो समृद्ध लघुवित्त

धितोपत्र बोर्डका अनुसार नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले कुल ८ लाख २८ हजार ७५० कित्ता आइपीओ निष्कासनको लागि अनुमति मागेको हो ।

जाल्पा सामुदायिक लघुवित्त

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले कुल ५ लाख २२ हजार कित्ता आइपीओ निष्कासनको लागि अनुमति मागेको बोर्डले बताएको छ ।

राष्ट्र उत्थान लघुवित्त

बोर्डका अनुसार राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले कुल ८ लाख ५० हजार कित्ता शेयर निष्कासनको लागि अनुमति मागेको छ ।

उपकार लघुवित्त

उपकार लघुवित्त वित्तीय संस्थाले कुल २ लाख ६६ हजार २५० कित्ता आइपीओ निष्कासनको लागि अनुमति मागेका छन् ।

बोर्डको स्वीकृति पाएसंगै यी चारवटै लघुवित्तले सर्वसाधरणमा शेयर जारी गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here