शोधनान्तर स्थिति ३ खर्ब ३३ अर्ब रुपैयाँ घाटामा

काठमाडौं, १० भदौं । शोधनान्तर स्थिति ३ खर्ब ३३ अर्ब ६७ करोडले घाटामा रहेको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आर्थिक वर्ष २०७७/७८) को वार्षिक प्रतिवेदन अनुसार शोधनान्तर स्थिति ३ खर्ब ३३ अर्ब ६७ करोड रुपैयाँ घाटामा रहेको हो । अघिल्लो वर्ष चालु खाता रु.३३ अर्ब ७६ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्ष ३३ करोड ९८ लाखले घाटामा रहेको चालु खाता समीक्षा वर्षमा २ अर्ब ८४ करोडले घाटामा रहेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा पुँजीगत ट्रान्सफर ७.४ प्रतिशतले वृद्धि भई रु.१५ अर्ब २६ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ०.२ प्रतिशतले वृद्धि भई रु.१९ अर्ब ५१ करोड कायम भएको छ ।

अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर रु.१४ अर्ब २१ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१९ अर्ब ४८ करोड रहेको थियो ।

घज्ञ। आर्थिक वर्ष २०७७/७८ मा शोधनान्तर स्थिति रु.१ अर्ब २३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति रु.२८२ अर्ब ४१ करोडले बचतमा रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here