कसरी बढाउने स्मार्टफोनको बेट्रीलाइफ ?

काठमाडौं । मोबाईलफोन हाम्रो दैनिक जीवनको हिस्सा नै बनिसकेको छ । अझै हामीमध्ये अधिकांशले आजकाल स्मार्टफोन प्रयोग गर्ने गर्छौं ।

हामी मध्ये कसैसँग नयाँ मोबाईल फोन हुन्छ भने कसैले पुरानो फोनले नै काम चलाइरहेका हुन्छौं ।

नयाँ मोबाईल फोनमा त सुरुमा चार्ज लामो समयसम्म टिक्ने गर्दछ तर, चलाउँदै जाँदा विस्तारै बेट्री कम टिक्ने, चार्ज ढिलो हुने, मोवाईल छिटो तात्ने जस्ता समस्याहरु बढ्दै जाने गर्दछ ।

त्यसैले अहिले बजारमा पाइने मोबाईलफोनमा बेट्री लाईफ धेरै भएको भन्दै विज्ञापन समेत गर्छन् । तर, जस्तो सुकै मोबाईल फोन भएपनि पुरानो हुँदै गएपछि विस्तारै बेट्री कम टिक्न थाल्छ ।

बिहान घरमा फुल चार्ज गरेर हिँड्दा पनि दिँउसो मोबाईलको चार्ज सकिएर फोन नै स्विचअफ हुने समस्या हामीमध्ये धेरैले भोगेका छौं ।

मोबाईल प्रयोग गर्दा सबैभन्दा धेरै चिन्ताको विषय मोबाईलको बेट्री कम टिक्नु नै हुन्छ । यसको जिम्मेवार पनि हामी नै हुने गर्दछौं ।

मोबाईल प्रयोग गर्दै जादाँ हामी विभिन्न प्रकारका गल्तीहरु गर्दै जान्छौं जसको कारण मोबाईलको बेट्रीको लाईफ घटाउने काम गर्छ ।

केहि सामान्य कुराहरुमा सुरुबाट नै ध्यान दिएमा मोबाईलको बेट्रीलाईफ बढाउन सकिन्छ ।

के गर्ने त ?

१. सबै फोनमा अटो ब्राइटनेसको विकल्प हुने गर्दछ तर तपाईं चार्ज धेरै टिकोस भन्ने चाहनुहुन्छ भने तपाईंले यसको प्रयोग नगरीकन आवश्यकता अनुसार म्यानुअल रुपमा ब्राइटनेश घटबढ गर्ने गर्दा बेट्री टिकाउन सकिन्छ ।

२. रातभर मोबाईल चार्ज गरेर सुतिदिने र दिनभर अन्तिम भएर स्विचअफ हुने बेलासम्म पनि मोबाईल चलाउने हामी धेरैको बानी हुन्छ तर, यो बानी ठिक होइन ।

मोबाईललाई सकेसम्म फुलचार्ज पनि गर्नु हुँदैन् र बेट्रीलो हुने समयसम्म चलाउनु हुँदैन् । आजभोली पाइने मोबाईलहरुमा जुन प्रकारको बेट्री आएको हुन्छ त्यसलाई फुल चार्ज गर्न आवश्यक हुँदैन् ।

फोनमा कम भोल्टेज हुने गर्दछ । त्यसकारण मोबाईलको व्यट्रिलाई २० देखि ९० प्रतिशतसम्म राख्दा राम्रो हुने गर्दछ ।

३. हामी मध्ये धेरैको मोबाईल प्रयोग गरेको समयमा अन गरेको सबै एप्सहरु बन्द नगरी मोवाइल लक गरेर छाड्ने बानी हुन्छ ।

यसरी ब्याकग्राउन्डमा धेरै एप्सहरु चालु भईराख्दा धेरै मात्रामा बेट्री खपत हुन्छ । यदि तपाईं मोबाईलको बेट्री कम खपत होस भन्ने चाहनुहुन्छ भने त्यस्ता एप्सहरु बन्द गरेर राख्नुपर्छ ।

४. आवश्यक नपरेको समयमा जीपिएस, वाईफाई र ब्लुतुथअफ गरे्र राख्नुस जसले धेरै मात्रामा बेट्री बँचाउन सघाउँछ ।

साथै मोवाइल पनि राम्रोसँग चल्ने गर्दछ, किनकि यस्ता एप्लीकेशनहरु चलाउन मोबाईललाई धेरै मेहेनत गर्नुपर्दछ ।

वाई—फाई अन हुँदा वरिपरिका नेटर्वकलाई सर्च गर्ने गर्छ जसले बेट्री पनि धेरै खपत हुन्छ ।

५. मोबाईललाई भाईब्रेट मोडमा राख्दा पनि धेरै मात्रामा बेट्री खपत हुने गर्दछ ।

साथै भाइब्रेटले स्वास्थ्यमा पनि प्रभाव पार्ने गर्दछ । फोनको बटन थिच्दा आउने भाईब्रेटलाई पनि बन्द गर्नुपर्दछ । किनकि यसको कुनै प्रकारको उपयोगिता हुँदैन् तर बेट्री भने खपत गर्छ ।

६. स्की्रन टाइमआउटलाई पनि कम गर्नुपर्दछ । यसको मतलब मोवाइल चलाउन छाडेको एक निश्चत समयमा मात्रै मोवाइलमा लक लाग्ने गर्दछ ।

यदि स्क्रीन टाइमआउटको समयलाई १५ सेकेण्ड मात्रै राखेमा बेट्री कम खपत हुने गर्दछ ।

७. मोवाइलमा फुल टावर आएको समयमा मात्रै फोन गर्ने गर्नुस् । किनकी कम टावर भएको अवस्थामा फोन गर्दा मोबाईलले टावर लिन धेरै बेट्री खपत हुने गर्दछ ।

यदि फोन गर्न आवश्यक नरहेको अवस्थामा मोबाईललाई एरोप्लेन मोडमा राख्दा पनि बेट्री कम खपत हुने गर्छ ।

८. चार्ज गरिरहेको अवस्थामा मोबाईल फोन प्रयोग गर्नु हुँदैन् । यसैकारण आजकाल धेरैजसो मोबाईल कम्पनीहरुले चार्जर छोटो बनाउन थालेका छन् ।

चार्ज गरेको समयमा मोबाईल प्रयोग गर्दा बेट्रीको आयु घट्ने गर्छ । त्यसकारण चार्ज गरेपछि मात्रै प्रयोग गर्नुपर्दछ ।

९. ब्यट्री वा चार्जर बिग्रेको समयमा जुन कम्पनीको मोबाईल छ त्यहि कम्पनीको ओरिजनल चार्जर र ब्यट्री किन्नु पर्दछ ।

नक्कली, लोकल वा अन्य कुनै कम्पनीको चार्जर र बेट्री प्रयोग गर्दा चार्ज नटिक्ने र मोबाईल फोनमा अन्य समस्या पनि निम्तन सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here