१० प्रतिशत बढ्यो रेमिट्यान्स, एक वर्षमा ९ खर्ब ६१ अर्ब भित्रियो

काठमाडौं, १० भदौ । गएको आर्थिक वर्षमा नेपाल भित्रिने विप्रेषण रकम (रेमिट्यान्स) ९.८ प्रतिशतले बढेको छ । राष्ट्र बैंकको अनुसार गएको वर्ष ९ खर्ब ६१अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।

कोरोना महामारीका कारण विदेशमा धेरै नेपालीको रोजगारी गुम्ने र उनीहरूले पठाउने रेमिट्यान्स घट्ने अनुमानका बीच पनि नौ खर्ब ६१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । अमेरिकी डलरमा पनि रेमिट्यान्स ८.२ प्रतिशतले बढेर आठ अर्ब १५ करोड रुपैयाँ पुगेको छ ।

यस्तै आर्थिक वर्ष २०७७/७८ मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ६२.५ प्रतिशतले घटेको छ ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या पनि गएको वर्ष ४६.८ प्रतिशतले घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here