थप २४३३ जनामा कोरोना पुष्टी, २६ जना संक्रमितको निधन

काठमाडौं, १० भदौ । पछिल्लो २४ घण्टामा देशभर २४३३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९७०२ पीसीआर परीक्षणमा २०५२ र २४३३ एन्टिजेन परीक्षणमा ३४१ जना गरी २४३३ जनामा संक्रमण पुष्टी भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ५४ हजार ९१५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १९२९ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ५ हजार ८९३ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ३८ हजार ३८८ रहेको छ ।

पछिल्लो २४ घण्टामा २६ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या १० हजार ६३८ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here