मनसुन फेरी सक्रिय, अधिकांश स्थानमा भीषण वर्षाको सम्भावना

काठमाडौं, ११ भदौ । नेपालमा फेरि मनसुन सक्रिय भएको छ ।

मौसम पूर्वानुमान महाशाखाको अनुसार बंगालको खाडीमा विकसित न्यूनचापीय रेखा नेपालतिर सर्दै आएको र अरेबियन सागरको समेत जल वाष्प मिसिएकाले नेपालमा मनसुन सक्रिय भएको हो ।

यसपटक तराईमा केही दिन अधिक भारी वर्षाको सम्भावना रहेको छ । विशेषगरी लुम्बिनी क्षेत्र आसपास तराईका जिल्लामा लगातारको वर्षा केही दिनदेखि नै भइरहेको छ ।

मनसुनी वायुको प्रभावले प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार शुक्रबार बिहान गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा सामान्य बदली रहेको छ। प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जनसहित वर्षा भइरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ भदौ ११ गते (शुक्रबार)

दिउँसो: देशको अधिकांस भू-भागमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी/धेरै भारी वर्षाको सम्भावना छ।

राति: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, गण्डकी, लुम्बिनी , कर्णाली तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी/धेरै भारी र बाकी प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना छ।

२०७८ भदौ १२ गते (शनिबार)

दिउँसो: देशको अधिकांस भू-भागमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, गण्डकी, लुम्बिनी , कर्णाली तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी/धेरै भारी र बाकी प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना छ।

राति: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी , कर्णाली तथा सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।

२०७८ भदौ १३ गते (आइतबार)

दिउँसो: देशको अधिकांस भू-भागमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २ तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी/धेरै भारी सम्भावना छ।

राति: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here