यी हुन् नेपालबाट निर्यात हुने प्रमुख १० वस्तु, सबैभन्दा बढी भटमासको तेल

काठमाडौं, ११ भदौ । गत आर्थिक वर्षमा १ खर्ब ४१ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । यसमध्ये ५३ अर्ब ६५ करोड रुपैयाँ बराबरको निर्यात भटमासको तेल मात्रै भएको छ ।

नेपालमा पर्याप्त भटमास उत्पादन भएर तेल निकाली विदेशी निर्यात भएको भने होइन । विदेशबाटै तेल आयात गरेर त्यसलाई फेरि भारततर्फ निर्यात गरिएको हो ।

नेपाल हुँदै भारततर्फ भटमासको तेल निर्यात गर्दा फाइदा हुने देखेर व्यापारीहरूले नेपाललाई अन्तर्राष्ट्रिय कारोबारको ट्रान्जिट मात्रै बनाएका हुन् ।

दोस्रो धेरै निर्यात हुने वस्तुमा धाँगो रहेको छ । आर्थिक वर्ष २०७७÷७८ मा ७ अर्ब ३४ करोड रुपैयाँ बराबरको धाँगो निर्यात भएको छ ।

तेस्रो धेरै निर्यात हुने वस्तुमा कार्पेट रहेको छ । गत वर्ष मात्रै ७ अर्ब २४ करोड रुपैयाँ बराबरको कार्पेट आयात भएको छ ।

चौंथो धेरै निर्यात हुने वस्तु अलैची रहेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार गत आर्थिक वर्षमा ६ अर्ब ९३ करोड रुपैयाँको अलैची निर्यात भएको छ ।

गत आर्थिक वर्षमा जुट पाँचौं धेरै निर्यात हुने वस्तु हो । गत आ।व। मा ६ अर्ब ७० करोड रुपैयाँ बराबरको जुट निर्यात भएको छ ।

त्यस्तै, छैटौं, सातौ, आठौं, नवौं र दशौं धेरै निर्यात हुने वस्तुमा क्रमश जुस, तयारी पोषाक, कपडा, पस्मिना र केक रहेका छन् ।

गत वर्ष ४ अर्ब २१ करोडको जुस निर्यात भएका छन् । त्यस्तै, ३ अर्ब ४५ करोडको तयारी पोषाक, ३ अर्ब २९ करोडको कपडा, २ अर्ब ५४ करोडको पश्मिना र २ अर्ब २६ करोडको केक निर्यात भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here