५५ हजार महिला उद्यमीले पाए ब्याज अनुदानको कर्जा, ५० अर्ब ९८ करोड ऋण प्रवाह

काठमाडौं, १२ भदौ । स्वदेशमै उद्यमशीलता विकास गर्ने उद्देश्यले सरकारले ल्याएको सहुलियत ब्याजदरको कर्जा कार्यक्रमअन्तर्गत ऋण लिने महिला उद्यमीको संख्या ५५ हजार नाघेको छ ।

राष्ट्र बैंकले सहुलियत ब्याजदरसम्बन्धी कार्यविधि जारी गरेपछि २०७८ असार मसान्नसम्म ५५ हजार ५५१ जनामहिला उद्यमीले बैंक तथा वित्तीय संस्थाबाट ऋण उक्त लिएका छन् ।

ती महिलाका लागि बैंक तथा वित्तीय संस्थाले ५० अर्ब ९८ करोड रुपैयाँ ऋण प्रवाह गरेका छन् । अघिल्लो असारसम्म बैंकहरूले यस्तो कर्जा ४ अर्ब ३५ करोड रुपैयाँ प्रवाह गरेका थिए ।

सरकारले ब्याज अनुदान दिने १० प्रकारका कर्जामध्ये सबैभन्दा धेरै ऋण लिने महिला उद्यमी नै छन् ।

यो कर्जा लिन महिलाका नाममा उद्योग व्यवसाय सञ्चालन भएको हुनुपर्छ । यस्तो कर्जामा माहिलाले सरकारबाट ६ प्रतिशत ब्याज अनुदान पाउँछन ।

कुनै बैंक तथा वित्तीय संस्थाले १० प्रतिशत ब्याजदर तय गरे ६ प्रतिशत ब्याजदर सरकारबाट अनुदान पाइन्छ ।

बाँकी ४ प्रतिशत मात्र महिला उद्यमीले तिर्नुपर्छ । यो शीर्षकअन्तर्गत महिलाले बढीमा १५ लाख रुपैयाँसम्म ऋण लिन पाउँछन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here