थप १३८८ जनामा कोरोना पुष्टी, २४ जना संक्रमितको निधन

काठमाडौं, १३ भदौ । पछिल्लो २४ घण्टामा देशभर १३८८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७२५९ पीसीआर परीक्षणमा १२१४ र ३०३८ एन्टिजेन परीक्षणमा १७४ जना गरी १३८८ जनामा संक्रमण पुष्टी भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ५९ हजार २२२ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २२६० जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख १२ हजार ७१२ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ३५ हजार ७९६ रहेको छ ।

पछिल्लो २४ घण्टामा २४ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या १० हजार ७१४ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here