तेह्रथुम पावरको आइपीओमा आवेदनको ओइरो, कतिले भरे ?

काठमाडौं, १३ भदौ । तेह्रथुम पावर कम्पनीको प्राथमिक साधरण शेयर (आइपीआ) मा आवेदनको ओइरो लागेको छ ।

कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक एनआएबीएल एस क्यापिटलका अनुसार आइतबार ५ बजेसम्म २३ लाख ५७ हजार ९ जनाले ३ करोड १२ लाख ५४ हजार २२० कित्ताका लागि आवेदन दिएका छन् । यद्यपि, अन्तिम तथ्यांक आइनसकेकाले आवेदकको संख्या बढ्न सक्ने क्यापिटलले जनाएको छ ।

तेह्रथुमको आइपीओमा परेको आवेदन हालसम्मकै दोस्रो धेरै हो । यसअघि सानिमा लाइफ इन्स्योरेन्सको आइपीओमा २४ लाख बढीले आवेदन दिएका थिए ।

कम्पनीले भदौ ९ देखि प्रतिकित्ता १०० रुपैयाँ दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आइपीओ विक्रीमा ल्याएको थियोे ।

निष्काशित कुल शेयरमध्ये १६ हजार कित्ता आयोजनाका कर्मचारी (२ प्रतिशत) र ४० हजार कित्ता ९५ प्रतिशत०सामूहिक लगानी कोषहरु र ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधरणका लागि छुट्याइएको थियो ।

कम्पनीले धितोपत्र बोर्डबाट १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आइपीओ विक्री गर्न अनुमति पाएको थियो । जसमा कम्पनीले पहिलो चरणमा साउन ५ देखि आयोजना प्रभावित क्षेत्र तेह्रथुमबासीलाई ४ लाख कित्ता जारी गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here