बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपीओमा आवेदन दिने म्याद थप

काठमाडौं, १४ भदौ । बुद्धभूमि नेपाल हाइड्रोपावर लिमिटेडले साउन ३२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आइपीओमा आवेदन दिने म्याद थप भएको छ।

कम्पनीको आइपीओमा आवेदन दिने अन्तिम दिन (सोमवार) भएपनि आज सार्वजनिक विदा परेका कारण मंगलवार बैंकिङ समयपश्चात विक्री बन्द गरिने कम्पनीले जानकारी दिएको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा संस्थापक शेयरधनीहरुका लागि आईपीओ निष्काशन गरेको हो।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १२ लाख कित्ता साधारण शेयरमध्ये ४ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्र नुवाकोट जिल्लाका बासिन्दाहरुका लागि निष्काशन गरेको हो।

नुवाकोटमा रहेको ज्योति विकास बैंकको शाखा, प्रभु बैंकको शाखा र सिभिल बैंकको शाखाबाट आईपीओमा आवेदन दिन सक्नेछन् । विक्री प्रबन्धक सिभिल क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले निष्कासन गरेको आईपीओलाई इक्रा नेपालले इक्रा एनपी इक्युआर रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीको दायित्व बहन गर्ने क्षमता औषतमा जोखिम रहेको देखाउँछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here