एभरेष्ट इन्स्योरेन्सको आम्दानी ९.२३ प्रतिशत बढ्यो

काठमाडौं, १४ भदौ । निर्जीवन बीमा कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा २ अर्ब ६१ करोड ५१ लाख रुपैयाँ आम्दानी गरेका छन् ।

विभिन्न क्षेत्रमा लगानी र बीमक, कर्मचारी र अभिकर्ताहरुमा कर्जा प्रवाह गरी उक्त रकम आम्दानी गरेका हुन् । जुन अघिल्लो आवको तुलनामा ८.९३ प्रतिशत अर्थात २१ करोड ४४ लाख रुपैयाँले बढी हो ।

जसमा एभरेष्ट इन्स्योरेन्सले गत आवमा कम्पनीले कर्जा तथा लगानीबाट १३ करोड ७८ लाख रुपैयाँ आम्दानी गरेको छ ।

जुन अघिल्लो आवको तुलनामा ९.२३ प्रतिशतले बढी हो । अघिल्लो आवको तुलनामा कम्पनीले १ करोड १६ लाख रुपैयाँ बढी आम्दानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीले १२ करोड ६२ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here