थप २२९५ जनामा कोरोना पुष्टी, १६ जना संक्रमितको निधन

काठमाडौं, १४ भदौ । पछिल्लो २४ घण्टामा देशभर २२९५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८९२ जनाको पीसीआर परीक्षणमा १९०२ र ४१४१ एन्टिजेन परीक्षणमा ३९३ जना गरी २२९५ जनामा संक्रमण पुष्टी भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ६१ हजार १२४ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा १८०८ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख १४ हजार ५२० जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ३५ हजार ८७४ रहेको छ ।

पछिल्लो २४ घण्टामा १६ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या १० हजार ७३० पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here