एपीवान टिभीले एमसीसीको विज्ञापन प्रशारण नगर्ने

काठमाडौं, १४ भदौ । एपीवान टेलिभिजनले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विज्ञापन नबजाउने घोषणा गरेको हो । सो टेलिभिजनको फेसबुक पेजमा आम दर्शक तथा शुभचिन्तकबाट ध्यानाकर्षण भएपछि यो निर्णय लिइएको जनाएको छ ।

एमसीसीको विज्ञापन पहिलोपटक एपीवान टेलिभिजनमा बजाउन थालिएको थियो । एमसीसीबारे विभिन्न अफवाहहरु फैलिएकाले सन्देशमूलक विज्ञापन बनाएर प्रशारण गरिएको एमसीए नेपालले जनाएको छ । विज्ञापनले एमसीसी परियोजना कसरी नेपालको हितमा छ भन्ने बुझाउन खोजिएको छ ।

निजी टेलिभिजनले पालना गर्नुपर्ने सबै नियम र कानूनभित्र रहेर प्रशारण गरिएको भए पनि उल्लेख्य संख्याका दर्शक तथा शुभचिन्तकले असहमति जनाउनुभएका कारण सार्वजनिक दाइित्कव पालना गरिएको जिम्मेवार संस्थाको रुपमा एपीवान व्यवस्थापनले उक्त विज्ञापन अब उप्रान्त प्रशारण नगर्ने निर्णय गरेको छ,’ टेलिभिजनद्वारा जारी सूचनामा भनिएको छ ।

अमेरिकी सहायताको परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे जनमानसमा रहेको भ्रम चिर्न भन्दै बनाइएको विज्ञापन विवादित बनेको छ ।

त्यस्तै उन्नत लोकतन्त्र पार्टीले पनि एपीवान टेलिभिजनका प्रमुख टिकाराम यात्रीलाई भेटेर विज्ञापन हटाउन आग्रह गरेको थियो । साथै विज्ञापन हटेपछि धन्यावाद दिँदै एडभरटोरियल समेत नबजाउन अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here