मञ्जुश्री फाइनान्सको लिलामी शेयरमा आवेदन खुला, तीन सय रुपैयाँमा किन्ने अवसर

काठमाडौं, १५ भदौं । मञ्जुश्री फाइनान्स लिमिटेडले संस्थापक समूहको शेयर लिलामीमार्फत बिक्री खुला गरेको छ । लिलाम बढाबढ प्रक्रियाबाट संस्थापक समूहको ९ हजार १८७ कित्ता संस्थापक शेयर लिलामी खुला गरेको हो ।

फाइनान्सको शेयर खरिद गर्न भदौं १४ गतेदेखि भदौ २० गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ ।

प्रतिकित्ता शेयरको न्यूनतम भाउ ३०० रुपैयाँ तोकेको छ । तसर्थ, लगानीकर्ताले ३०० रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ ।

यसमा विद्यमान संस्थापक शेयरधनी सहित अन्य इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्थाले पनि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट, काठमाडौंमा पुग्नेगरी गोप्य शिलबन्दी बोलपत्र बुझाउन सक्नेछन् । उक्त कम्पनीको शेयरको बजार मूल्य आइतबारको बजार भाउ अनुसार १३१० रुपैयाँ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here