इजरायल जाने श्रमिकको लिखित परीक्षा भदौ २८ मा

काठमाडौं, १५ भदौं । इजरायल जान दरखास्त दिएका श्रमिकको परीक्षा भदौ २८ गते हुने भएको छ ।

वैदेशिक रोजगार विभागले जनाए अनुसार काठमाडौँ उपत्यकाको विभिन्‍न परीक्षा केन्द्रहरूमा १ बजेदेखि अंग्रेजी भाषाको परीक्षा हुनेछ ।

वैदेशिक रोजगार विभागले मागेको दरखास्त अनुसार प्रक्रिया पूरा भएका आवेदकको भौतिक रुपमै लिखित परीक्षा हुनेछ।

परीक्षा केन्द्र अनलाइनमार्फत जानकारी हुने र प्रवेश पत्र साथमा लिइ परीक्षा केन्द्र जानुपर्ने विभागले जानकारी दिएको छ । यसअघि इजरायल जान साउन ४ देखि ३२ गतेसम्म आवेदन दिने समय तोकिएको थियो ।

वैदेशिक रोजगार विभागले इजरायलका लागि १ हजार कामदार लैजाने भन्दै यही साउन १२ गते देखि ३२ गते सम्म दरखास्त आह्वान गरेको थियो । जसमा १० हजार आवेदन दिएको विभागले जनाएको छ ।

इजरायल रोजगारीमा जाने कामदारले करिब २ लाख रुपैयाँ पारिश्रमिक पाउनेछन् । पाँच वर्षको करार अवधि र सुरुमा एक वर्षको मात्र हुनेछ । ६ दिन काम र सातामा ४२ घण्टा काम गर्नुपर्नेछ । इजरायली कानुनअनुसार वार्षिक बिदा पाउने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here