१० अंकले घट्यो नेप्से, ४८ करोडको कारोबार

काठमाडौं, ८ असार ।आइतवार नेप्से परिसूचक १०.०१ अंकले घटेर १ हजार २ सय ५४.३५ अंकमा आएको छ । जुन अघिल्लो दिनको तुलनामा ०.७९ प्रतिशत कम हो ।

कारोबारमा आएका मध्ये विकास बैंक, फाईनान्स र सामुहिक लागानी कोष बाहेक अन्य सबै समुहको परिसूचक घटेको कारण सम्पुर्ण नेप्से परिसूचक नै घटेको हो ।

आइतवार ५ हजार ६ सय ९ कारोबारबाट १ सय ७२ कम्पनीका १५ लाख ७५ हजार ३ सय ४० कित्ता सेयर किनबेच भए ।

ती किनबेचबाट ४८ करोड १८ लाख ५९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here