वागमती प्रदेश सरकार अल्पमतमा, १२ सांसद्‌ले रोजे एकीकृत समाजवादी

काठमाडौं, १५ भदौं । वागमती प्रदेश सरकार अल्पमतमा परेको छ । नेकपा एमालेबाट निर्वाचित १२ जना प्रदेशसभा सदस्यले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी रोजेपछि प्रदेश सरकार अल्पमतमा परेको हो ।

उनीहरूले हेटौंडास्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर नेकपा एसको पक्षमा सनाखत गरेका हुन् ।

नयाँ पार्टी रोज्ने सांसदहरु राजेन्द्र पाण्डे, मुनु सिग्देल, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, माधव पौडेल, बसन्त मानन्धर, रमा आले मगर र कुसुमकुमार कार्की र । कृष्ण खनाल हुन् ।

एमालेका ५६ जनामध्ये १२ सांसदले नेकपा एस रोजेसँगै अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको छ । अब उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here