कैलालीका हावाहुरी पीडितलाई साझा पार्टीले बनाइदियाे ११ घर

काठमाण्डौ, ८ असार । साझा पार्टीले कैलालीमा हावाहुरीबाट क्षति भएका ११ घरहरुको बनाएको छ।

पार्टीको कैलाली जिल्ला समितिको अग्रसरतामा असहाय, अपाङ्ता भएका व्यक्ति, एकल महिला र आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुको पहिचान गरी उनीहरुको घर पुनर्निर्माण गरेको सो पार्टीका केन्द्रीय सदस्य तथा सुदुरपश्चिम प्रदेश संयोजक गोपाल हमालले बताए।

पार्टीले धनगढी पुरानो भन्सारका जुवेद शेख, कनरीकी निर्मला ओझा, गौरी लामा, करन बोगटी, मतादेवी साउँद, हरि सार्कीको घर पुनर्निर्माण गरिदिएको जनाएको छ ।

यसैगरी, धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी लक्ष्मी दमाई, कमला बिक, कनरीका जोगी राना, जुगेडाकी सीता शाही र अत्तरियाका पदम भण्डारीको घर पुनर्निर्माण गरेको छ।

सहयोग उठाएर १ लाख २९ हजार ५ सय २५ रुपैयाँको जस्ता पाता तथा क़िला खरीद गरी पार्टी सदस्यहरुले श्रमदानबाट ११ घरको पुनर्निर्माण गरिदिएको कुरा संयोजक हमालले बताए।

राजनैतिक पार्टीले बिरोध प्रदर्शन र हड़ताल मात्र गर्छन् भन्ने छाप आम जनमानसमा परिरहेको सन्दर्भमा साझा पार्टीको यो कामलाई सुदूरपश्चिममा निकै सकारात्मक पक्षबाट हेरेको पार्टीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here