सानिमा लाइफको शेयर नेप्सेमा सूचीकृत, कति तोकियो ओपनिङ रेञ्ज कति ?

काठमाडौं, १६ भदौ । सानिमा लाइफ इन्स्योरेन्सको शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको २ करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

यससँगै विहिबारदेखि इन्स्योरेन्सको शेयर दोस्रो बजारमा कारोबारमा आउने छ । पहिलो कारोबारका लागि नेप्सले १०३.१७ देखि ३०९.५१ सम्मको रेन्ज तोकिएको छ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको रेन्ज तोक्ने गरेको छ। यस रेन्जको जुनसुकै मूल्यबाट पहिलो कारोबार हुन सक्ने छ । यसकै बीचमा रहेर शेयर कारोबार शुरु हुनेछ ।

कम्पनीले SLI सिम्बोल पाएको छ । कम्पनीले साउन २० गतेबाट ६० लाख कित्ता आइपीओ निष्काशन गरेको थियो ।

निष्काशन गरिएको ६० लाख कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५४ लाख कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here