कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि होम सेन्टरबाट सञ्चालन गर्ने (तालिकासहित)

काठमाडौं, १६ भदौं । दुईपटक स्थगित भएको कक्षा १२ को परीक्षा ३० भदौबाट सञ्चालन हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले यसअघि स्थागित गरिएको कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट संचालन हुने भन्दै परीक्षाको समय तालिका बुधबार प्रकाशित गरेको छ ।

परीक्षा सम्बन्धित विद्यालयमै हुने परीक्षा नियन्त्रण कार्यालयले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

परीक्षा केन्द्रले नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड र सामाजिक दुरी पालना गरी परीक्षा संचालन गर्नुपर्ने छ । यसअघि कक्षा १२ को परीक्षा दुईपटक स्थगित भएको थियो ।

पछिल्लोपटक ३१ साउनदेखि हुन लागेको परीक्षा कोभिड- १९ को महामारी बढ्न थालेको भन्दै स्थगित गरिएका थियो । परीक्षा गर्न अहिले सीसीएमसीले पनि अनुमतिदिएको छ ।

यस्तो छ तालिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here